Skip to content
Pokharapress Logo
२ असार २०८३, मंगलवार

परराष्ट्रमन्त्री भारतबाट रित्तो कुटुरो बोकेर फर्किएः डा. भट्टराई

loading views..
Nepal Telcome

काठमाडौं। जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली भारत भ्रमण असफल भएको बताएका छन्। शनिवार सामाजिक सञ्जालमार्फत डा. भट्टराईले ज्ञवाली भारत भ्रमणबाट रित्तो कुटुरो बोकेर फर्किएको बताएका हुन्।

डा. भट्टराईले मन्त्री ज्ञवालीको भ्रमणको बेला नमिलेको समेत टिप्पणी गरेका छन्। ‘विदेश मन्त्री ज्ञवाली कुवेलाको भारत भ्रमणपछि ‘कुराकानी भएको’ ‘छलफल भएको’ ‘विचारको आदानप्रदान भएको’ ‘गति दिने सहमति भएको’ ‘प्राथमिकतामा राख्ने सहमति भएको’आदि रित्तो कुटुरो बोकेर फर्कनुभएछ,’ उनले लेखेका छन्।

उनले ओली सरकारले देशको जटिल भूराजनीतिक स्थिति कहिल्यै बुझ्न नसकेको समेत आरोप लगाएका छन्। उनले लेखेका छन्, ‘देशको जटिल भूराजनीतिक स्थिति नबुझी कैले बुरुक्क उफ्रिने र कैले लम्पसार पर्नेको हालत यस्तै हुन्छ।’

नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिमालले पनि मन्त्री ज्ञवालीको भ्रमणमा सार्वजनिक मर्यादा समेत पालना नगरिएको बताएका छन्। उनले लेखेका छन्, ‘भारतीय विदेश सचिव नेपाल आउँदा हाम्रा राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीदेखि विपक्षी नेतासम्मलाई भेटेर फर्किनुभएको थियो। हाम्रा परराष्ट्र मन्त्री भारत जाँदा चाहिँ भारतीय प्रधानमन्त्रीलाई पनि नभेटेर फर्किनुभएछ। लोकलाजका लागि पनि सार्वजनिक मर्यादा कायम गर्न सकेको भए!’

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link