Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

गण्डकी गाउँपालिकामा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु

loading views..
Nepal Telcome

गोरखा। गोरखाको गण्डकी गाउँपालिकामा आजदेखि प्रथम अध्यक्षकप फुटवल प्रतियोगीता ‘२०८०’ सुरु भएको छ । गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सुरु भएको प्रतियोगीता दुई दिनसम्म सञ्चालन हुने गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले जानकारी दिनुभयो ।

पालिका भित्र खेलकुद क्षेत्रका विकास गर्दै खेलाडीहरु उत्पादनमा सहयोग पु¥याउने उद्देस्य सहित प्रतियोगीताको आयोजना गरिएको उहाँले बताउनुभयो । प्रतियोगीतामा पालिका भित्र रहेका माध्यामिक विद्यालयहरुबाट फुटवल टिमको सहभागीता रहेको छ ।

वडा नम्बर ५ स्थित दर्बुङमा सुरु भएको प्रतियोगीतामा प्रत्येक विद्यालयहरुबाट छात्र तथा छात्राहरुको फुटवल टिम सहभागी भएका छन् । प्रतियोगीतामा उपाधी विजेता टिमले नगद ३० हजार रुपैया सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

त्यस्तै दोस्रो हुने टिमले नगद १५ हजार रुपैया सहित ट्रफी मेडल र प्रमाण पत्र तथा तेस्रो हुने टिमले नगद रु ७ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

स्वास्थ्यका मात्र नभएर खेलकुद प्रतियोगीताहरुले युवाहरुको व्यक्तित्व विकासमा पनि सहयोग पुग्ने र उनिहरुमा आत्माविश्वास पनि बढाउन मद्दत पुग्ने भएकाले गाउँपालिकाले खेलकुद क्षेत्रलाई प्राथामिकता दिदै आएको अध्यक्ष तिमल्सिनाको भनाई छ । प्रतियोगीताको एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष तिमल्सिनाले उद्घाटन गर्नुभएको हो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link