Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

प्रेस सेन्टर बाराको जिल्ला भेला सम्पन्न

loading views..
Nepal Telcome

वीरगञ्ज। प्रेस सेण्टर नेपाल जिल्ला समन्वय समिति बाराको जिल्ला भेला तथा शुभकामना आदानप्रदान कार्यक्रम मंगलवार सम्पन्न भएको छ ।नेकपा माओवादी केन्द्रका स्थायी कमिटीका सदस्य एवम् माओवादीको विशेष रुपान्तरण अभियानका बारा जिल्ला इन्चार्ज प्रल्हाद बुढाथोकीको प्रमुख आतिथ्यता तथा प्रेस सेन्टर मधेश प्रदेशका केन्द्रीय उपाध्यक्ष एवम् मधेस प्रदेशका इन्चार्ज गोबिन्द देवकोटाको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तब्य प्रेस सेन्टरका केन्द्रीय सदस्य एवम् बारा जिल्ला इन्चार्ज कृष्णउदास खनालले राख्नु भएको थियो ।
प्रेस सेन्टर बाराका अध्यक्ष रन्जन यादवको अध्यक्षतामा र उपाध्यक्ष प्रदीप गौतमको सहजीकरणमा सम्पन्न भएको भेलामा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य रामबावु बैठा, राजन पौडेल, माओवादीका केन्द्रका प्रदेश कमिटीका सदस्य रविराज दङ्गाल, तपेश्वर चौधरी लगायतका नेता तथा पार्टीका विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link