Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

जापानको टोकियोमा प्रथम मोना फेस्टिवल हुँदै

loading views..
Nepal Telcome

माघ १,जापान। म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आयोजनामा टोकियोको इतावासी वडाको खामीइतावासिमा म्याग्दी (मोना) फेस्टीबलको आयोजना हुने भएको छ । २०२४ अप्रिल २७ र २८ तारीकका दिन आयोजना हुने फेस्टीबलका लागी मोना जापानका कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीको संयोजकत्वमा १५० सदस्यीय फेस्टीबल मुल आयोजक समिति गठन गरिएको छ ।
जापानबासी म्याग्देलीहरुको सक्रियतामा जन्मभुमी म्याग्दीको पर्यटन प्रर्वधन, सास्कृतिक भेषभुषाको प्रचार प्रसार र म्याग्दीमा उत्पादीत विभीन्न अर्गानिक वस्तुहरुको व्यापार व्यवसायमा टेवा पुराउनुका साथै प्रचार प्रसारको कमीमा पछाडी परेका विभिन्न पर्यटकिय गन्तव्यहरुलाई जापानीज समुदायमा चिनाउने मुख्य उद्देश्य सहित फेस्टीबल आयोजना गर्न लागिएको संयोजक कार्किले बताउनु भयो । उक्त फेस्टीबल सम्पन्न पार्नका लागि विभीन्न ६ वटा उपसमिति गठन गरीएको मोना जापानका प्रवत्ता कमल बानियाँले बताउनु भयो । फेस्टीबल भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागी आवश्यकता अनुसार आगामी दिनमा अन्य उपसमिति पनि गठन गर्न सकिने कुरा पनि बताउनु भयो ।
फेस्टीबलमा म्याग्देली कलाकारका साथै जापानमा रहेका नेपाली तथा जापानी कलाकारहरुको जोडदार सांगीतिक प्रस्तुति सहित जापानी समुदाय र नेपाली समुदायका विच संस्कृति आदान प्रदानका कार्यक्रमहरु पनि गरीने कुरा मोना जापानका सल्लाहकार तथा फेस्टीबलका सांस्कृतिक उपसमिति संयोजक तिलक मल्लले बताउनु भयो । मोना जापानका अध्यक्ष विसाल केसीका अनुसार तयारीलाई तिव्रताका साथै भव्य र सव्य रुपमा सम्पन्न गर्नका लागी जापानमा अवस्थीत विभीन्न संध संस्थाहरुलाई सहयोगका लागी अपिल समेत गर्नु भयो । साथै उक्त फेस्टीबल आयोजना पश्चात म्याग्दीमा जापानीज पर्यटकको उल्लेख्य वृद्धि गराउने योजनासहित आयोजक अगाडि बढने कुरा पनि बताउनु भयो । त्यसका लागी म्याग्दीमा अवस्थीत सरकारी तथा गैर सरकारी संघसंस्था तथा सम्पुर्ण सरोकारवाला निकायहरुलाई समन्वयका लागी हार्दिक अनुरोध समेत गर्नुभयो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link