Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

शिक्षामा थप गुणस्तर वृद्धि गर्न ‘मेयरसँग विद्यार्थी’ कार्यक्रम सञ्चालन:प्रमुख रेनु दाहाल

loading views..
Nepal Telcome

चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरका विद्यालयहरुको शिक्षामा थप गुणस्तर वृद्धि गर्न ‘मेयरसँग विद्यार्थी’ कार्यक्रम सञ्चालनमा ल्याइएको बताउनुभएको छ ।
शनिबार सहिद स्मृति माध्यमिक विद्यालय भरतपुर ६ को ५६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै प्रमुख दाहालले कार्यक्रममा जनप्रतिनिधिसँग विद्यार्थीले विना कुनै मध्यम आफ्नो समस्या राख्ने पाउने व्यवस्था मिलाएको बताउनुभयो।
‘महानगरपालिकाले प्राविधिक शिक्षालाई जोड दिएकै छ, उहाँले भन्नुभयो,‘जनप्रतिनिधिहरु विद्यार्थीसँग समस्याबारे प्रत्यक्ष साक्षत्कार गर्ने छौ । घोक्नते विद्यालाई हटाउन व्यवहारिक शिक्षालाई जोड दिएका हौ । यो कार्यान्वनको चरणमा छ।’
प्रमुख दाहालले भरतपुरका विद्यालयको भौतिक पूर्वाधार निर्माणको कार्य करिब करिब सकिएकाले अब रचनात्मक कार्यमा विद्यार्थीलाई प्रेरित गरेको धारणा राख्नुभयो।
शुक्रबारका दिन विद्यालयमा अध्ययन बाहेक हाजिरी जवाफ प्रतियोगिता, वक्तित्वकला, सरसफाईलगायतका अन्य गतिविधि गर्न ‘बुक फ्रि’ बनाइएको जानकारी दिनुभयो ।
प्रमुख दाहालले ‘मेयरसँग विद्यार्थी’ कार्यक्रम भरतपुरका सबै विद्यालयमा सञ्चालन हुने पनि स्पष्ट पार्नुभयो ।
‘भरतपुर २७ को जानकी माविबाट कार्यक्रमको शुभारम्भ गरेका छौ,उहाँले भन्नुभयो,‘अब क्रमैसँग महानगरका प्रमुख, उपप्रमुख तथा जनप्रतिनिधिहरु विद्यालय पुग्ने तालिका छ । विद्यार्थीका समस्या सुनेर तत्काल समधान खोज्ने काम पनि हुन्छ।’
विद्यार्थीलाई पढाई बाहेक अन्य गतिविधिमा पनि अघि बढाउन विद्यालयस्तरीय मेयर कप क्रिकेट लिग हुन लागेको बताउनुभयो ।
भरतपुरको खेलकुद विकासका लागि यहाँकै खेलाडीको मुख्य भूमिका हुने भएकाले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी उत्पादन गर्न यो लिगले महत्वपूर्ण हुने प्रमुख दाहालको भनाइ छ ।
लिगमा भरतपुरका सामुदायिक तथा निजी विद्यालयको २० टिमको सहभागिता रहने छ । ३ महिनासम्म चल्ने लिगले लुकेका प्रतिभालाई उजार्ग गर्ने अपेक्षा लिइएको छ । यही माघ २६ गतेबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने खेल विद्यार्थीका लागि तालिम पनि हुने बताइएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link