Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

गण्डकी गाउँपालिकाले दीर्घरोगी तथा गर्भवती महिलाहरुको निःशुल्क स्वास्थ्य बीमा गरिदिने

loading views..
Nepal Telcome

पोखरा। बिस्तारै लयमा आएको गण्डकी गाउँपालिकाले आफ्ना पालिकाका दीर्घरोगी तथा गर्भवती महिलाहरुको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । विश्व क्यान्सर दिवसको अवसर पारेर हिजोबाट सो कार्यक्रमको आरम्भ गरेको हो । गाउँपालिकाले वडा नं. ६ को आग्रीडाँडा सामुदायिक स्वास्थ्य इकाईमा आयोजित एक कार्यक्रमका बीच निःशुल्क स्वास्थ्य बीमाको आरम्भ गरिएको पालिकाका अध्यक्ष दिपक तिमिल्सिनाले जानकारी दिनुभयो ।
सो कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटी र वडा नम्बर ६ का अध्यक्ष तुलबहादुर गुरुङले क्यान्सर पीडित परिवार र गर्भवती महिलालाई बीमा फाराम हस्तान्तरण गरेर कार्यक्रमको शुरुवात गरेका थियो ।गाउँपालिकामा हाल ८४ जना सूचीकृत भएका दिर्घरोगी रहेका छन् । दिर्घरोगीलाई वार्षिक एक लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा गरिने गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सिनाले बताउनुभयो । अध्यक्ष तिमिल्सिनाका अनुसार गर्भवती महिलाहरुको पनि एक वर्षका लागि स्वास्थ्य बीमा गरिएको छ ।
सुत्केरी हुँदा स्वास्थ्यमा कुनै समस्या आए आमा तथा बच्चाको स्वास्थ्य उपचारमा सहयोग पुगोस् भनेर गर्भवती महिलाको बीमा गरिएको उनले जानकारी दिए । हालको तथ्याङ्क अनुशार गाउँपालिकामा एक सय जना गर्भवती महिला रहेको छ। गाउँपालिकाले सो कार्यक्रमका लागी चालु आर्थिक वर्षमा १० लाख बजेट विनियोजन गरेको छ भने निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिनका लागि तयारी थालेको पालिकन अध्यक्षले बताउनु भयो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link