Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

नेपाल व्यवस्थापन संघको प्रथम उपाध्यक्षमा सुमन पोखरेल

loading views..
Nepal Telcome

पोखरा। नेपाल व्यवस्थापन संघको प्रथम उपाध्यक्षमा सुमन पोखरेल चयन हुनुभएको छ । शुक्रबार सम्पन्न संघको ४३औँ वार्षिक साधारणसभाबाट पोखरेल आगामी दुई वर्षको लागि संघको प्रथम उपाध्यक्षमा चयन हुनुभएको हो ।
बैंक वित्तीय संस्थामा दुई दशक भन्दा लामो अनुभव रहेका पोखरेलले शंकरदेव क्याम्पसबाट एमबिए गर्नुका साथै एमआइटी स्कुल अफ म्यानेजमेन्ट तथा इन्डियन स्कूल अफ म्यानेजमेन्टबाट डिजिटल फाइनान्स, फिनटेक तथा डिजिटल बिजनेस स्ट्राटेजीसम्बन्धी अध्ययन गर्नुभएको छ ।
पोखरेलले आईएमई ग्रुपको वरिष्ठ उपाध्यक्ष तथा नेपालको पायोनियर रेमिट्यान्स कम्पनी आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतरुपमा काम गर्नुभएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link