Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

‘अफ्रिकन स्वाइन फिभर’ का कारण १५ बङ्गुर मरे

loading views..
Nepal Telcome

गोरखा। गोरखा नगरपालिकामा देखिएको ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमणबाट १५ वटा बङ्गुर मरेका छन् ।

गोरखा नगरपालिको वडा नम्बर ५ र ९ मा देखिएको सङ्क्रमणका कारण हालसम्म ठुलासाना गरी १५ वटा बंगुर मरेको भेटेरीनरी अस्पताल तथा पशु बिज्ञ केन्द्र गोरखाका सूचना अधिकारी टिकाबहादुर नेपालीले बताउनुभयो ।

गोरखा नगरपालिका–५ तथा ९ को लक्ष्मी बजारमा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण उक्त संख्यामा बंगुर मरेको हो । ‘दुई स्थानमा गरी अहिलेसम्म ठुलासाना गरी १५ वटा मरेको छ’ उनले भने ‘जिल्लामा पहिलो पटक दुई हप्ता अगाडी लक्ष्मी बजारको पिपलबोट क्षेत्रमा देखिएको थियो ।’

दुइ हप्ताको वीचमा दुई स्थानमा देखिएको संक्रमणमा परी बङ्गुर मरेका थिए । लक्ष्मी बजार क्षेत्रको बंगुरको ल्याव टेष्ट पछि पुष्टी भएको थियो भने वडा नम्बर ५ को भने किट टेष्टमा पोजेटिभ देखिएको सूचना अधिकारी नेपालीले जानकारी दिनुभयो ।

सुँगुर, बङ्गुर तथा बँदेलमा लाग्ने यो रोगको निगरानीकै क्रममा गोरखा सहित कास्की, तनहुँ र लमजुङमा सङ्क्रमण पुष्टि भएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय पोखराले जनाएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link