Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

जनतालाई हेर्ने सरकार छ:खड्ग ओली

loading views..
Nepal Telcome

काठमाडौं। नेकपा केपी शर्मा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले मुलुक सुरुङ मार्गमा प्रवेश गरेको बताएका छन्। ओली समूहको शुक्रबार नारायणहिटीमा आयोजित सभालाई सम्वोधन गर्दै ओलीले एक घण्टामा केरुङ-काठमाडौं गर्न सकिने बताएका हुन्।

ओलीले आफ्नो कार्यकालमा इतिहासमै सबैभन्दा बढी विकास भएको दावी समेत गरे। ओलीले भने, ‘अहिलेजस्तो विकास कहिल्यै भएको थियो ? अहिलेजस्तो काठमाडौं पहिले थियो ? ’

ओलीले टोखा–छहरे र बेत्रावती–स्याप्रुबेसी सुरुङमार्ग निर्माणको योजना अघि बढिसकेको बताउँदै अब छिट्टै काठमाडौं–केरुङ द्रुतमार्ग बन्ने बताएका थिए। त्यस्तै, नौबिसे–नागदुंगा सुरुङ मार्ग अघि बढिसकेको बताउँदै अन्य विकास निर्माणका कामहरुमा समेत तिब्र गतिमा सरकारले अघि बढाएको बताए। ओलीले आफूले नेतृत्व गरेको नेकपा पार्टी नै मूल भएको भन्दै आजबाट यसको फैसला भएको बताए।

सर्वहाराको पार्टी हुनका लागि गरिबको दुःख बझ्ने हुनुपर्ने बताएका छन। ओलीले बन्दका क्रममा भएको क्षेति सरकारले बेहोर्ने समेत बताए। ‘सर्वहारा जनताको पार्टी बन्न गरिबको ट्याक्सीमा आगो लगाइँदैन।’ ओलीले भने, ‘आजको कार्यक्रम विथोल्नका लागि कथित नेपाल बन्दको नाटक रचियो। गरिबको ट्याक्सीमा आगो लगाइयो। गरिबको ट्याक्सी जलाएर सर्वहाराको पार्टी भइदैन।’

ओलीले बन्दका क्रममा भएको नोक्सान सरकारले हेर्ने बताए। उनले गरिब र जनताका लागि सरकार भएकाले ढुक्क भएर बस्न पनि आग्रह गरेका छन्। ओली भने, ‘गरिवको नोक्सान भएको कुरा सरकारले हेर्छ। ट्याक्सीको क्षेतिपूर्ति गर्न लगाउँछौँ। जनतालाई हेर्ने सरकार छ। गरिवलाई हेर्ने सरकार छ। जनता ढुक्क भएर बस्नुहोला।’

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link