काठमाडौं । नेकपा नेतृ रामकुमारी झाँक्रीले सबैले बोल्न पाउनुपर्ने बताएकी छन् ।
नेकपा प्रचण्ड–नेपाल समूहले संसद् विघटनविरुद्ध गरेको विरोध सभामा उनले भनिन्, ‘राष्ट्रिपति पद सबैको बलिदानीले प्राप्त भएको हो । बोल्न पाइन्छ, कसले भन्छ बोल्न पाइँदैन ? खलपात्रको विरुद्ध बोल्दा कसले भन्छ महिला अस्मिता ?’
उनले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त, भागरथी भट्टलगायतले न्याय नपाउँदा महिलाको अस्मिता प्रश्न उठाउन पाइने बताइन् ।
उनले राष्ट्रपति जस्तो गरिमामय पदमा बसेर विद्यादेवी भण्डारीले तानाशाह, अहंकारी, सनकी प्रधाननमन्त्रीलाई सहयोग गरेको आरोप लगाएन् ।
उनले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी ओलीको कडा विरोध गरिन् ।
राष्ट्रपतिविरुद्ध बोल्दा आफूमाथि कारवाहीको माग गर्नेहरूले निर्मला, भगरथीको न्यायका लागि बोल्न नसकेको बताइन् ।उनले संसद् पुनःस्थापना हुने दाबी गरिन् । उनले भनिन्, ‘संसद् पुनःस्थापना भएन भने प्रधानमन्त्रीसँग अच्चमको अधिकार मात्रै बाँकी हुनेछ । संविधानका नलेखिएको ।’