Skip to content
Pokharapress Logo
३१ जेष्ठ २०८३, आईतवार

हिमालय क्लवमा मोहन, कृषि सहकारीमा दुर्गालाल

loading views..
Nepal Telcome

पोखरा, ३ असोज। हिमालय क्लव पोखरा–१६ वाटुलेचौरको सम्पन्न अधिवेशनले मोहनवहादुर थापाको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।

क्लवको स्थापनाकालवाटै सचिव र पछि अध्यक्ष वनेका थापा लामो समयदेखि क्लवलाई नेतृत्व गर्दै आईरहेका छन् ।क्लवको विहीवार सम्पन्न २८ औं साधारण सभा तथा १४ औं अधिवेशनले निवर्तमान अध्यक्ष सुशील वस्नेत,प्रथम उपाध्यक्ष पुष्पराज अधिकारी, द्वितीय उपाध्यक्षमा प्रकाश थापा,सचिवमा तुलवहादुर वस्नेत, सहसचिवमा मनु वस्नेत,कोषाध्यक्षमा लक्ष्मी पौडेल र सह कोषध्यक्षमा लक्ष्मी देवकोटा चयन भए।त्यस्तै सदस्यमा राजकुमारी वाँनिया,लक्ष्मी श्रेष्ठ,विष्णु नेपाली,सुवाष तिमिल्सीना,सरीता अधिकारी,केशव थापा,रामशरण वाँनिया,खगेन्द्र थापा र विना केसी चयन भएको निर्वाचन समितिका संयोजक चित्रवहादुर थापाले जानकारी दिए ।

यसअघि अधिवेशनको उद्घाटन गर्दै क्लवका पुर्व अध्यक्ष ताराप्रसाद तिमिल्सीनाले सामाजिक संघ संस्थाको क्रियाशिलताले मात्रै समाज विकास हुने वताए । क्लवका अध्यक्ष सुशील वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा मानार्थ सदस्य वेनीवहादुर वस्नेत,दिप युनाईटेड क्लवका अध्यक्ष खेमराज आचार्य, निर्वाचन समितिका संयोजक चित्रवहादुर थापा, सदस्य दुर्गा केसी थापा लगायतले क्लवले गरेका गतिविधीको चर्चा गरेका थिए ।

अधिवेशनले सचिव शिवराज देवकोटाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष पुष्पराज अधिकारीले पेश गरेको आर्थिक प्रतिवेदन पारित समेत गरेको छ ।सोही अवसरमा क्लवले अम्विका टोल विकास संस्थालाई खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । भलिवल र नेट क्लवका अध्यक्ष वस्नेतले संस्थाका सल्लाहकार गुरुदत्त भट्टराईलाई हस्तान्तरण गरे ।

हिमालय कृषि सहकारीमा दुर्गालाल

यसैविच वाटुलेचौर हिमालय कृषि सहकारीको अध्यक्षमा दुर्गालाल श्रेष्ठ चयन भए । उपाध्यक्षमा शिवराज देवकोटा,सदस्यमा कमला शर्मा,गोविन्द व. थापा,ज्योति वस्नेत,गुञ्जमानसिंह घर्ति क्षेत्री र झलक थापा मगर चयन भएका हुन् । सहकारीको लेखा समितिमा संयोजक राजेन्द्र शाही, सदस्यमा विकास केसी र शर्मिला थापा चयन भए ।सहकारीको चौंथो अधिवेशनले आर्थिक प्रतिवेदन समेत पारित गरेको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link