Skip to content
Pokharapress Logo
४ बैशाख २०८३, शुक्रबार

डेंगुको प्रकोप: गोरखामा महिलाको निधन

loading views..

गोरखा, १९ असोज। गोरखामा डेंगुको प्रकोप बढ्दै गएको छ। पछिल्लो विवरण अनुसार, सिरानचोक गाउँपालिका-७, कुल गाउँकी ४८ वर्षीया निरमाया गुरुङको डेंगुका कारण निधन भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख याम प्रसाद शर्माका अनुसार गोरखा अस्पतालमा उपचाररत गुरुङलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन पठाइएको थियो। तर, उहाँको शुक्रबार साँझ निधन भएको हो।
यससँगै, गोरखामा डेंगुबाट मृत्यु हुनेको संख्या २ पुगेको छ। यसले डेंगुको संक्रमण गोरखामा कति गम्भीर बन्दै गएको छ भन्ने देखाएको छ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्