Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

गोरखामा राष्ट्रपति रनिङ शिल्डको उपाधि रामेश्वरी माविलाई

loading views..
Nepal Telcome

गोरखा,१३ कार्तिक। गोरखाको राष्ट्रपति रनिङ शिल्ड तथा प्रथम शहीद लखन थापा स्मृति कप २०८१ को उपाधि रामेश्वरी मावि बुङ्कोटले हात पारेको छ। ११ स्वर्ण पदक जित्दै रामेश्वरी मावि प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो।
४ स्वर्ण पदक जितेको शहीद स्मृति मावि बुङ्कोट दोस्रो स्थानमा रह्यो। भलिबलको पुरुषतर्फको स्वर्ण पदक भने सिञ्जाली मावि ताक्लुङले जित्न सफल भयो। प्रतियोगिताको समापन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले विद्यार्थीहरूको खेलकुद प्रतिभा विकासका लागि पालिकाले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने बताए। उनले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा अनुशासन, टिमवर्क र नेतृत्व क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

आज सम्पन्न भएको खेलमा विजयी खेलाडीहरूलाई गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link