Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

पञ्चायतमा राजामहाराजाहरुले पञ्चऱ्याली निकाले जस्तै तमसा देखाउँदै छन् खड्ग ओली:प्रचण्ड

loading views..
Nepal Telcome

काठमाडौँ। विपक्षी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैशाखमा कुनै पनि हालतमा चुनाव नहुने दाबी गरेका छन्। सोमबार गृहजिल्ला चितवन पुगेका दाहालले बैशाखमा कुनै पनि हालतमा चुनाव नहुने दाबी गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पञ्चर्‍याली निकालेको टिप्पणी गरेका दाहालले भनेका छन्, ‘हामीले संविधान मिचिएकाविरुद्ध र लोकतन्त्रमा प्रहार भएकाविरुद्ध आन्दोलनमा गरिरहेका छौँ। उहाँ (केपी ओली) ले पञ्चर्‍याली निकाल्दै जमिन बाँड्छौँ भनी मान्छे उतार्ने काम गरिरहनुभएको छ । हिजो राजा-महाराजाको जस्तो गरेर हिँड्नुभएको छ । जसको कुनै अर्थ छैन।’

यसैबीच दाहालले राम्रा दिमाग भएकाहरु र बुझ्न सक्ने सबै जनता ओलीको विपक्षमा भएको बताएका छन्। ‘आम नेपाली जनता र राम्रो सोच्न सक्ने सबै उहाँ (केपी ओली)को विरुद्धमा छन्’, दाहालले भनेका छन्, ‘नेपाली जनताले लामो संघर्षपश्चात् प्राप्त गरेको उपलब्धिलाई उहाँ (केपी ओली) ले धरापमा पार्नुभएको छ।’

चुनावको लागि आगामी १७ र २७ बैशाखलाई तय गरिएको छ। ओली नेतृत्वको नेकपाले उक्त मितिमा चुनाव हुने अडान राखिरहँदा दाहाल–माधवकुमार नेपाल नेतृत्वको नेकपाले भने कुनै पनि हालतमा नहुने दाबी गरिरहेको छ।

खासगरी गत ५ पुषमा प्रधानमन्त्री ओलीबाट भएको प्रतिनिधि सभा विघटनको सिफारिस शीतल निवासबाट सदर भएपछि राष्ट्रिय राजनीति सडक केन्द्रित भएको छ । राजनीतिक र व्यवहारिक रुपमा विभाजन भएका सत्तासिन नेकपाले अहिले आ-आफ्नै ढङ्गबाट राजनीतिक कार्यक्रमहरु गर्दै आएका छ

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link