Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

प्रधानमन्त्री सर्वोच्चको बिरूद्ध संघर्षमा जान सक्ने

loading views..
Nepal Telcome

विराटनगर।प्रधानमन्त्री खड्ग ओलीले सर्बोच्च अदालतले प्रतिनिधिसभा पुनस्थपना गरे आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

शनिबार अल्पमतमा रहेको नेकपाले विराटनगरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जालझेल र सेटिङमा देश र जनताविरुद्ध फैसला भए आफूहरुको आन्दोलन फेरि अगाडि बढ्ने बताएका हुन्।

‘यदि कहीँ कुनै प्रकारको जालझेल, षड्यन्त्र टिकडम, सेटिङ भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ,फेरि पनि हामी त्यस्ता शक्तिहरुलाई पराजित गर्छौँ’, उनले भने। उनले यस्ता शक्ति को हुन भन्ने नखुलाए पनि उनको भनाइ अदालतप्रति लक्षित रहेको बुझ्न सकिन्छ।

उनले नेकपाको आधिकारित र सूर्य चिन्ह आफूहरुले नै पाउने बताए। उनले अरुले जित्ने कुनै कारण नभएका कारण आफूहरुको विजय सुनिश्चित भएको बताए।

‘चुनाव हुन्छ नै, त्यसकारण तपाईंहरु त्यो आत्मविश्वासकासाथ अगाडि बढ्नुस्’, उनले भने।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनमा सर्वोच्च अदालतले अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न नसकिने बताए। ‘सम्मानित सर्वोच्च अदालतले कुनै दबावमा अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न सकिन्न’, उनले भने।

उनले प्रतिनिधि सभा पुनस्र्थापना हुने भयो सांसद किनबेच, सरकार बनाउने–ढाल्ने खेल हुने र लोकतन्त्रलाई कमजोर हुने बताए।

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले देशभर भएका सभा, संविधानको मर्म र भावना हेरेर विश्लेषण गर्ने बताए। ‘सर्वोच्च अदालतले देशभर भइरहेको यस्ता सभालाई हेरेको होला, यस्ता सभामाहरुबाट प्रकट भएको जनताको अभिमत हरेको होला’, उनले भने, ‘संविधानको मम र भावना हेरेको होला। यसपछिका परिणतिहरू, मुलुक कतातिर जान्छ भन्ने हेरेको होला।’

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link