Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

ज्योति लाइफ इन्सुरेन्सले पायो ६६ लाख कित्ता आइपीओ बिक्री गर्ने अनुमति

loading views..
Nepal Telcome

काठमाडौं। ज्योति लाइफ इन्सुरेन्सलाई ६६ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीले १०० रुपैयाँ दरको ६६ लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्दैछ । हाल ज्योतिको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ छ ।

आइपीओ बिक्री गरिसकेपछि पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ज्योति लाइफले १० करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जगेडा कोषमा ४८ करोड २४ लाख रुपैयाँ रहेको छ । हाल यसको प्रतिसेयर आम्दानी १४ रुपैयाँ (वार्षिक) र प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ८१ पैसा छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link