Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

रेडक्रस सोसाइटी हर्मी उपशाखाद्वारा नयाँ वर्षको शुभकामना तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

loading views..
Nepal Telcome

गोरखा,बैशाख २ गते। नेपाल रेडक्रस सोसाइटी हर्मी उपशाखाले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम आयोजना गरेको छ। सिरानचोक गाउँपालिकाका अध्यक्ष श्री ज्ञानेन्द्र गुरुङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

प्रमुख अतिथि गुरुङले रेडक्रसलाई एउटा समर्पित सामाजिक संस्था भन्दै सबै नागरिकलाई संस्थासँग जोडिन आग्रह गर्नुभयो। उहाँले विमोचित भित्तेपात्रो केवल पात्रो नभई संस्थाको कार्यदिशा, उद्देश्य तथा पालिकाको नक्साङ्कन समेटिएको महत्वपूर्ण दस्तावेज रहेको उल्लेख गर्नुभयो। साथै, रेडक्रसले गर्दै आएको मानवीय कार्यमा सदैव गाउँपालिका साथ रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

कार्यक्रमका विशेष अतिथि वडा नं. ३ का वडाध्यक्ष श्री जगदीश्वर ढकाले रेडक्रसले विपद् व्यवस्थापन तथा मानवीय सेवामा अग्रणी भूमिका निर्वाह गर्दै आएको बताउनुभयो। उहाँले कोरोनाको महामारीदेखि डेंगु नियन्त्रणसम्मका प्रयासहरूमा रेडक्रसको योगदान अतुलनीय रहेको उल्लेख गर्नुभयो।

कार्यक्रम हर्मी उपशाखाका सभापति श्री धनबहादुर तमाङको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा संस्थाका कोषाध्यक्ष श्री जुम्मदिन मियाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। त्यसैगरी संस्थाका जग्गादाता श्री जीवन ज्योति ढकाल, बुद्धिजीवी श्री जनार्जन ढकाल र हर्मी कृषि सहकारीका अध्यक्ष श्री इन्द्रानन्द ढकालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link