Skip to content
Pokharapress Logo
१० श्रावण २०८३, आईतवार

गाउँले जीवनशैलीको कथा बोकेको ‘गाउँ बस्ती सुनसान’ गीत सार्वजनिक

loading views..
Nepal Telcome

 

काठमाडौँ, बैशाख ३१ गते। वरिष्ठ साहित्यकार दुर्गालाल श्रेष्ठका शब्दमा आधारित गायक दिप गुरुङ र स्वरूप राज आचार्यको स्वरमा सजिएको नयाँ गीत ‘गाउँ बस्ती सुनसान’ आज सार्वजनिक गरिएको छ।

दिप फिल्म्सको प्रस्तुतिमा तयार पारिएको उक्त गीतले नेपाली गाउँको परम्परागत जीवनशैली र अहिलेको सामाजिक यथार्थलाई गहिरो संवेदनासाथ चित्रण गरेको छ। गीतमा सुरज पण्डितको संगीत र विष्णु तामाङको संगीत संयोजन रहेको छ भने मनोज डंगोलले प्रोग्रामिङ, मिक्सिङ र मास्टरिङ गरेका छन्।

गीत आजै दिप गुरुङको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
सार्वजनिक भएको केही घण्टामै गीतले दर्शक-श्रोताको ध्यान तान्न थालेको छ।

गीतको मार्मिक शब्द, भावपूर्ण संगीत र सशक्त गायन शैलीले ‘गाउँ बस्ती सुनसान’ लाई श्रोतामाझ लोकप्रिय बनाउने विश्वास गरिएको छ।

गीत सुन्नुहोस् यहाँ क्लिक गरेर

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link