Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

सर्वोच्चले भष्मासुरको बध गरेको खबर सुन्दा रोगै हरायो : बाबुराम

loading views..
Nepal Telcome

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सर्वोच्च अदालतले पुनस्र्थापना गरेर नेपाली भष्मासुरको बध गरेर लोकतन्त्रको रक्षा गरेको प्रतिक्रिया दिएका छन् ।

दिल्लीमा उपचार गराइरहेका बाबुरामले प्रतिनिधिसभा पुनस्र्थापनापछि खुशी व्यक्त गर्दै यस्तो बताएका हुन् । उनले यो खबर सुन्दा रोगै हराए झैँ भएको प्रतिक्रियासमेत दिएक छन् ।

उनले अस्पतामा स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदै गर्दा मन सर्वोच्च अदालतको फैसला तिर भएको भन्दै यस्तो बताएका हुन् ।

‘कस्तो सुखद संयोग ! अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदैगर्दा मनचाहिं देशभित्र सर्वोच्चको फैसलातिर थियो’, बाबुरामले ट्वीटरमा लेखेका छन्, ‘हिन्दू मिथकको भष्मासुरलाई बिष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो !’

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link