Skip to content
Pokharapress Logo
३१ जेष्ठ २०८३, आईतवार

निर्माण व्यवसायी संघ गोरखाको अध्यक्षमा माओवादी निकट सूर्य भण्डारी पुन: विजयी

loading views..
Nepal Telcome

गोरखा, जेठ ३० गते।  निर्माण व्यवसायी संघ गोरखाको अध्यक्ष पदको निर्वाचनमा पुन: नेकपा माओवादी केन्द्र निकट उम्मेदवार सूर्य भण्डारी विजयी भएका छन्। फाइनल मतगणना अनुसार भण्डारीले ११५ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका प्रतिस्पर्धी उम्मेदवार राजु लामिछानेले १०२ मत प्राप्त गरे।

कुल २३३ मत रहेकोमा भण्डारी राम्रो अन्तरले जित निकाल्न सफल भएका हुन्। भण्डारीको विजयसंगै निर्माण व्यवसायी संघ गोरखाको नेतृत्वमा नयाँ नेतृत्व स्थापित भएको छ। निर्वाचन प्रक्रिया शान्तिपूर्ण र उत्साहजनक वातावरणमा सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ।

स्रोतका अनुसार भण्डारी नेकपा माओवादी केन्द्र निकट ब्यबसायी हुन्। माओबादी पार्टीको उनलाई पूरा समर्थन रहेको थियो। विजयसँगै उनले संघका सदस्यहरूको हित र निर्माण व्यवसायको विकासमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link