Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

सरकारले चालीस जिल्लाको सिडिओहरुको सरुवा गऱ्यो

loading views..
Nepal Telcome

काठमाडौं। गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको व्यापक सरुवा गरेको छ ।

गृहमन्त्री रामबहादुर थापाले मन्त्री स्तरीय निर्णयबाट ४० भन्दा बढी जिल्लाका सिडिओहरुको सरुवा गरेका हुन् । सिन्धुलीका सिडिओ योगेन्द्रप्रसामद पाण्डेको पाल्पा सरुवा भएको छ । बागलुङका सिडिओ सुरेश न्यौपाने सिन्धुली पुगेका छन् । गृहमन्त्रालयका सह–सचिव शालिगराम शर्मा पौशडेल गोरखाको सिडिओ भएका छन् ।

गोरखाका तीर्थराज भट्टराईको महोत्तरी सरुवा भएको छ । गृह मन्त्रालयका अरुण पोखरल जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक पदस्थापन भएका छन् । सिन्धुपाल्चोकका उमेशप्रसाद ढकाल सुनसरी पुगेका छन् । फणिन्द्रप्रमणि पोखरेल सुनसरीबाट सप्तरी, ज्ञानप्रसाद ढकाल कास्कीबाट धादिङ, गृहका सहसचिव थानेश्वर गौतम गृह मन्त्रालयबाट कास्की, तुलसीराम सेढाईं इलामबाट उदयपुर, यज्ञराज बोहरा जिल्ला प्रशासन कार्यालय कैलालीबाट गृह मन्त्रालय सरुवा भएका छन् ।

चक्रपाणि पाण्डे उदपयुरबाट कपिलवस्तु, सन्तबहादुर सुनार दैलेखबाट बर्दिया, नारायणप्रसाद भट्टराई चितवनबाट सर्लाही, सुरेन्द्र पौडेल सर्लाहीबाट बारा, दीपकराज नेपाल बाराबाट स्याङजा, दिर्घनारायण पौडेल कपिलवस्तुबाट दाङ, जयनारायण आचार्य दाङबाट गृह मन्त्रालयमा काज सरुवामा परेका छन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link