Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

नेकपा (माओवादी केन्द्र) अन्नपूर्ण गाउँ समितिको बैठक सम्पन्न, सरकारका जनविरोधी कदमको भण्डाफोर गर्ने घोषणा

loading views..
Nepal Telcome

कास्की, १५ साउन। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अन्नपूर्ण गाउँ समितिको बैठक बुधबार सम्पन्न भएको छ। बैठकले पार्टी संगठन सुदृढीकरणका विषयमा गम्भीर छलफल गर्दै, वर्तमान सरकारका जनविरोधी गतिविधिहरूको भण्डाफोर गर्न प्रमुख प्रतिपक्षी दलको हैसियतले निर्णायक ढंगमा अघि बढ्ने स्पष्ट घोषणा गरेको छ।

बैठकको अध्यक्षता अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष तथा पार्टीका स्थानीय नेता भेषराज पौडेलले गरेका थिए भने सचिव शरणसिं विश्वकर्माले कार्यक्रम सञ्चालन गरेका थिए।
कार्यक्रममा कास्की जिल्ला इञ्चार्ज नेत्रनाथ अधिकारी प्रमुख अतिथि थिए। साथै, संविधानसभा सदस्य राजकाजी गुरुङ, पार्टी केन्द्रीय सदस्य राम्जीप्रसाद बराल र केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य दुर्गाकुमारी बिक विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए।

बैठकमा सहभागी नेताहरूले पार्टीलाई जनसमस्यासँग प्रत्यक्ष जोडिनुपर्ने, जनताको पक्षमा सशक्त रूपमा उभिनुपर्ने आवश्यकता औंल्याउँदै बढ्दो महँगी, बेरोजगारी, भ्रष्टाचार र राष्ट्रियताको ह्रासजस्ता मुद्दामा सशक्त प्रतिवाद आवश्यक भएको धारणा व्यक्त गरे।

बैठकले अन्नपूर्ण गाउँपालिका भित्र संगठन विस्तार, कार्यकर्ता प्रशिक्षण, जनसम्पर्क सञ्जाल विस्तार तथा जनवर्गीय संगठनहरूलाई क्रियाशील बनाउने कार्ययोजना निर्माण गर्ने निर्णयसमेत गरेको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link