Skip to content
Pokharapress Logo
३० श्रावण २०८२, शुक्रबार

राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान!

काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आइतबार २३ गते साँझ ४ बजेका लागि संसद अधिवेशन आह्वान गर्नुभएको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अपरान्ह ४ बजेका लागि अधिवेशन आह्वान गर्नुभएको हो ।
गत शुक्रबारको मन्त्रिपरिषद बैठकले संसद आह्वानको विषयमा छलफल गरेको थियो । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीका अनुसार अस्तिको बैठकमा सामान्य छलफल भएपनि आज विहान बसेको मन्त्रिपरिषद बैठकले संसद आव्हानको लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई गत मंगलबार बदर गरेर १३ दिनभित्र संसद् बैठक आह्वानको परमादेश गरेपछि मन्त्रिपरिषद्को आजको बैठकले संसद् आह्वानको सिफारिस गरेको हो ।

arrow प्रतिक्रिया दिनुहोस्