Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

डायमण्ड व्यूटि शैलुन एण्ड ट्रेनिङ सेन्टर न्युरोडमा शुभारम्भ

loading views..
Nepal Telcome

पोखरा,३भदौ। पोखरा ८ न्युरोडमा डायमण्ड व्यूटि शैलुन तथा ट्रेनिङ सेन्टर सञ्चालनमा आएको छ ।सेन्टरको गण्डकी प्रदेश सभा सांसद सरस्वती गुरुङ र पुर्व सासद शारदा पौडेलले सम्युक्त रुपमा उद्घाटन गरि शुभकामना दिदैं महिला दिदीबहिनीहरु सिप सिकेर आत्मनिर्भर हुनु पर्ने वताए ।
नेपाल व्यूटिसियन संघ गण्डकी प्रदेशकी अध्यक्ष सर्मिला रानाभाटले युवती तथा महिलाहरुले व्युटिसियन तालिम लिई स्वरोजगार तथा वैदेशिक रोजगारीमा पनि राम्रो गरिरहेको वताइन्।
सो अवसरमा ट्रेड युनियन काँग्रेस गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्मा नेपाल दशनामी समाजका केन्द्रिय वरिष्ठ उपाध्यक्ष तारा गिरी, महिला उपाध्यक्ष सरस्वती गिरी र महासचिव जगतमोहन गिरी, केन्द्रिय सदस्य तथा कोशी प्रदेश अध्यक्ष पदमबहादुर गिरी, लगाएतले शुभकामना व्यक्त गरेका थिए ।
श्रीमान/श्रीमती राकेश पुरी र ममता कार्कीको करिव ८० लाख लगानी रहेको उक्त सेन्टर र सृजनाचोकमा रहेको शाखामा गरी १२ जनाले रोजगारी पाएका छन् ।
उक्त सेन्टरमा अत्याधुनिक प्रविधिको प्रयोग र दक्ष व्युटिसियनहरुद्धारा हाइड्रो फेसियल, फेसियल, केराटिन, वोटस, केमिकल हेयर स्ट्रेट, नेलजेल, हेयर कलर, स्कीन टेस्टर, मोल्स रिमुभर लगायतका सेवा उपलब्ध रहेको संचालक कार्कीले वताईन । नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा ५० प्रतिशत सम्म छुट दिइएको पनि उनले वताइन् ।
लेडिजहरुको लागि मात्र खोलिएको उक्त सेन्टर सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा मान्यता प्राप्त सर्टिफिकेट पाइने व्युटिसियन तालिम प्रदान गरिएको छ । हाल ६४ जनाले व्युटिसियन तालिम लिइरहेका छन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link