Skip to content
Pokharapress Logo
१२ कार्तिक २०८३, बिहीबार

नेकपाद्वारा ओली पक्षका ७ नेतामाथि कारबाही

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टीका ७ जना नेतालाई कारबाही गरेको छ। बुधबार बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्यहरू सुवासचन्द्र नेम्वाङ, शान्ता चौधरी, विशाल भट्टराई, महेश बस्नेत, सूर्य थापा, प्रभु साह र कर्ण थापालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको हो।

नेकपा केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी समिति बैठकले पार्टी आचरण विपरित काम गरेको भन्दै उनीहरूलाई कारबाही गरेको हो। यस्तै, बैठकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संसदीय दलको नेताबाट केपी ओली, उपनेताबाट सुवास नेम्वाङ र सचेतकबाट शान्ता चौधरीलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ।

यसअघि आजै बसेको स्थायी समिति बैठकले संसदीय दलको नेता, उपनेता र सचेतक फेर्ने एजेन्डा केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको थियो। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड-नेपाल पक्षले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चयन गर्ने निर्णय गरेको थियो।

तर, पुस ५ यता भएका पार्टीका निर्णयहरूलाई निर्वाचन आयोगले मान्यता नदिएपछि प्रचण्ड-नेपाल पक्षको संसदीय दलको नेताबाट ओलीलाई हटाउने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लग्ने निर्णय गरेको थियो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link