Skip to content
Pokharapress Logo
१३ कार्तिक २०८३, शुक्रबार

नेपाल टेलिकमले ल्यायो ‘रिकरिङ सजिलो अनलिमिटेड प्याकेज’, अब म्याद सकिएपछि पनि सेवा स्वतः नवीकरण

क्रेडिट लिमिट अपर्याप्त भएमा सेवा अवरुद्ध हुनेछ, र बिल तिरेपछि मात्रै पुनः सुचारु हुनेछ

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाडौं ।ग्राहकको मागलाई सम्बोधन गर्दै नेपाल टेलिकमले जीएसएम पोस्टपेड सेवामा नयाँ सुविधा ‘रिकरिङ सजिलो अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ।
यो सुविधा २०८२ असोज ३१ गतेदेखि देशभर लागू हुँदैछ।

मुख्य विशेषता:

म्याद सकिएपछि प्याकेज स्वतः नवीकरण

पहिलोपटक खरिद गर्दा अङ्ग्रेजी महिनाको १५ तारिखमा Pro-Rate हिसाबले रकम कटौती

हरेक महिनाको १५ तारिखमा सोही प्याकेज स्वतः नवीकरण

क्रेडिट लिमिट पुग्दा सेवा अस्थायी अवरुद्ध

आवश्यक परे थप डेटा वा एसएमएस प्याक खरिद गर्न सकिने

नेपाल टेलिकमका अनुसार, हाल सञ्चालनमा रहेका सजिलो अनलिमिटेड प्याकहरू : ६९९, ७९९, ९९९, १४९९ र एक्जेक्युटिभ प्याकमा अब म्याद सकिएपछि नयाँ प्याक खरिद गर्न नपर्ने व्यवस्था गरिएको छ।
प्याक समाप्त भएपछि स्वतः पुनः खरिद (Auto Renewal) हुने भएकाले ग्राहकले सधैं जोडिएको अनुभव प्राप्त गर्नेछन्।

कम्पनीले स्पष्ट पारेको छ, क्रेडिट लिमिट अपर्याप्त भएमा सेवा अवरुद्ध हुनेछ, र बिल तिरेपछि मात्रै पुनः सुचारु हुनेछ।
यदि एउटै समयमा अर्को प्याक खरिद गरिएको छ भने, त्यो पेन्डिङ रहन्छ र अर्को महिनाको १५ तारिखमा मात्र सक्रिय हुनेछ।

सेवा बन्द गर्न चाहने ग्राहकले ‘जीएसएम पोस्टपेड अफर (रु. ३००)’ सब्सक्राइब गरी रकरिङ सेवा बन्द गर्न सक्नेछन्।

सेवा कसरी सक्रिय गर्न सकिन्छ त?
मोबाइलबाट १४१५*२*४# डायल गर्नुपर्छ।
थप जानकारीका लागि १४९८ मा कल गर्न सकिनेछ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link