Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

माछापुच्छ्रे बैंक र जोयालुक्कास एक्सचेन्जबीच रेमिट्यान्स सेवा सम्झौता, यूएईमा रहेका नेपाली लाभान्वित

loading views..
Nepal Telcome

पोखरा।विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सुरक्षित र भरपर्दो बनाउन माछापुच्छ्रे बैंक लिमिटेडले संयुक्त अरब इमिरेट्स (यूएई) स्थित जोयालुक्कास एक्सचेन्जसँग औपचारिक सहकार्य सुरु गरेको छ। अब यूएईमा रहेका लाखौँ नेपालीले झन्झटमुक्त रूपमा रकम नेपाल पठाउन सक्ने भएका छन्।

धनादेश सेवाको विस्तारका लागि गरिएको उक्त सम्झौतापत्रमा जोयालुक्कास एक्सचेन्जका महाप्रबन्धक मरिश कुमार कर्ण र माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरे।

सम्झौता अनुसार अब यूएईका ३० भन्दा बढी जोयालुक्कास एक्सचेन्ज शाखाबाट पठाइने MBL REMIT सेवा मार्फत रकम नेपालमा सजिलै भुक्तानी लिन सकिनेछ। पठाइएका रकम माछापुच्छ्रे बैंकका १६५ शाखा, शाखारहित बैंकिङ सेवा, ११ एक्सटेन्सन काउण्टर तथा देशभरका २० हजारभन्दा बढी रेमिट्यान्स एजेन्टबाट सहजै प्राप्त गर्न सकिन्छ।

यसमात्र होइन, जोयालुक्कास एक्सचेन्जमार्फत पठाइएको रकम नेपालका जुनसुकै बैंक खातामा तुरुन्तै जम्मा हुने सुविधा पनि सुरु गरिएको बैंकले जनाएको छ।

निरन्तर प्रगतिशील र प्रविधिमैत्री सेवा हिन्दै आएको माछापुच्छ्रे बैंकले पूर्वदेखि पश्चिमसम्म र हिमाल–पहाड–तराईमा फैलिएका २७४ सेवा केन्द्र तथा १९९ एटीएममार्फत १८ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

यस सहकार्यले विशेषगरी यूएईमा पसिना बगाइरहेका नेपाली कामदारलाई रेमिट्यान्स पठाउन थप सहजता र विश्वासिलो विकल्प उपलब्ध गराएको बैंकको विश्वास छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link