Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

अपत्यारिलो जितसँगै बार्सिलोना फाइनलमा

loading views..
Nepal Telcome

पोखरा। बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा सेभियालाई अतिरिक्त समयमा ३-० गोल अन्तरले पराजित गर्दै समग्रमा ३-२ को जितसहित बार्सिलोना उपाधि नजिक पुगेको हो।

बार्सिलोनाले पहिलो लेगमा सेभियासँग २-० को हार व्यहोरेको थियो। तर, बार्सिलोनाले घरेलु मैदानमा उत्कृष्ट पुनरागमन गर्यो। क्याम्प नोउमा बर्सिलोबालाई जित दिलाउन ओसुमाने डेम्बेले, जेरार्ड पिके र मार्टिन ब्रेथवेटले एक एक गोल गरे।

खेलको १२औं मिनेटमा डेम्बेलेले गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाएका थिए। खेलको ७३ औं मिनेटमा सेभियाले पेनाल्टीको अवसर पायो। तर,लुकास ओकाम्पसको पेनाल्टी प्रहार बार्सिलोनाका गोलरक्षक मार्क स्टेगनले उत्कृष्ट बचाऊ गरे।

खेलको इन्जुरी समयमा फेर्नान्डोले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि सेभिया १० खेलाडीमा समेटियो। इन्जुरी समयको चौंथो मिनेटमा बार्सिलोनाका पिकेले गोल गरेपछि बार्सिलोनाले २-० को अग्रता बनायो।

पिकेको गोलसंगै बार्सिलोना र सेभियाबीचको खेल समग्रमा २-२ को अवस्थामा पुग्यो। र, खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा बार्सिलोनाका ब्रेथवेट चम्किए। उनले ९५ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई ३-० को जित दिलाए।

यस्तै खेलको १०३ औं मिनेटमा लुक डी जोङले रातो कार्ड पाएपछि सेभिया ९ खेलाडीमा समेटिएको थियो। यस जितसँगै बार्सिलोनाले सेभियालाई समग्रमा ३-२ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो। अब बार्सिलोनाले उपाधिका लागि एथ्लेटिक बिल्बाओ र लेभान्टेबीचको विजेतासँग खेल्नेछ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link