Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ कास्कीको बनभोज तथा सरसफाइ कार्यक्रम सम्पन्न

loading views..

पोखरा । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको आयोजनामा २०८२ साल मंसिर २७ गते शनिवार लेखनाथस्थित रमणीय पर्यटकीय स्थल टाइगर टप डाँडा मा बनभोज कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

संघमा आबद्ध व्यवसायीहरू तथा उनीहरूका परिवारजनको उल्लेख्य सहभागितामा सम्पन्न बनभोज कार्यक्रमले आपसी सद्भाव, एकता र पारिवारिक सम्बन्धलाई थप मजबुत बनाएको संघले जनाएको छ। कार्यक्रमपछि सो क्षेत्र वरपर सरसफाइ अभियानसमेत सञ्चालन गरी पर्यावरण संरक्षणप्रति व्यवसायीहरूको सामाजिक उत्तरदायित्वलाई पनि व्यवहारमा उतारिएको थियो।

कार्यक्रम सफलतापूर्वक सम्पन्न हुन सहयोग पुर्‍याउनु हुने सम्पूर्ण व्यवसायी साथीहरू तथा परिवारजनप्रति संघले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।

संघका अध्यक्ष चिन्तामणि खरेलले यस्ता कार्यक्रमले व्यवसायीहरूबीचको आत्मीयता बढाउनुका साथै सामाजिक सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। आगामी दिनमा पनि संघले व्यवसायिक हितसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष खरेलले जानकारी दिनुभयो।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्