Skip to content
Pokharapress Logo
१७ जेष्ठ २०८३, आईतवार

घोडा पर्यटनले अजिरकोटमा रफ्तार, पर्यटकका लागि फरक अनुभवको तयारी

loading views..
Nepal Telcome

गोरखा।अजिरकोट गाउँपालिकाले पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्दै पालिकाभित्रका प्रमुख पर्यटकीय गन्तव्यमा घोडा सवारी सुरु गर्ने तयारी गरेको छ। चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा समेटेर ‘घोडा पर्यटन साझेदारी कार्यक्रम’ सञ्चालनका लागि गाउँपालिकाले औपचारिक प्रक्रिया अघि बढाएको हो।
गाउँपालिका अध्यक्ष दीपक देबकोटाका अनुसार अजिरकोट डाँडा, भच्चेक, नम्की, सिरानडाँडा, नागेपोखरीलगायतका रमणीय स्थलसम्म पुग्न अब पर्यटकले घोडा चढेर यात्रा गर्न पाउनेछन्। दुर्गम भूगोल, उकालो–ओरालो बाटो र प्राकृतिक सौन्दर्यलाई नजिकबाट अनुभूति गर्न घोडा सवारी प्रभावकारी माध्यम बन्ने अपेक्षा गरिएको छ।
कार्यक्रम सञ्चालनका लागि इच्छुक व्यक्ति तथा फर्मसँग गाउँपालिकाले आवेदन माग गरेको छ। घोडा खरिदमा ५० प्रतिशत अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको छ, जसले स्थानीय युवालाई पर्यटन व्यवसायतर्फ आकर्षित गर्ने र रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ।
घोडा सवारीमार्फत पर्यटकलाई सहजता मात्र होइन, फरक र स्मरणीय अनुभव दिने उद्देश्य गाउँपालिकाको छ। आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै अजिरकोटलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न यो कार्यक्रम ‘गेम चेन्जर’ बन्ने गाउँपालिकाको विश्वास छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link