Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

गोरखाको आँपपिपल अस्पतालमा ‘हेल्थ असिस्टेन्ट’ (PCL General Medicine) कार्यक्रम सञ्चालन हुने

loading views..
Nepal Telcome

गोरखा । गण्डकी प्रदेश सरकार ले गोरखाको पालुङटारस्थित आँपपिपल अस्पतालमा चिकित्सा शिक्षा अन्तर्गत PCL General Medicine (Health Assistant) शैक्षिक कार्यक्रम सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ।

स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशको मन्त्रीस्तरको निर्णयअनुसार उक्त कार्यक्रम सञ्चालनको अन्तिम स्वीकृतिका लागि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) लाई पत्राचार गरिएको छ।

यो कार्यक्रम गण्डकी प्रदेश सरकार मातहतको आँपपिपल अस्पताल र CTEVT अन्तर्गतको गोरखा बहुप्राविधिक शिक्षालय, पालुङटारबीचको सहकार्य र सह-लगानीमा सञ्चालन हुने भएको हो।

प्रदेश मन्त्रिपरिषद्को मिति २०८२/०३/१६ को निर्णयअनुसार ५० र १०० शय्याका अस्पतालहरूमा चिकित्सा शिक्षाका डिप्लोमा तथा प्रवीणता प्रमाणपत्र तहका कार्यक्रम सञ्चालन गर्न बाटो खुलेपछि सोही नीति अनुरूप आँपपिपल अस्पतालमा कार्यक्रम सुरु गर्न लागिएको हो।

साविकको १५ शय्याबाट ५० शय्यामा स्तरोन्नति भएको अस्पतालमा यो शैक्षिक सत्रदेखि कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको जनाइएको छ।

कार्यक्रमका लागि चालु आर्थिक वर्षमा ल्याब व्यवस्थापन तथा उपकरण खरिदका लागि रु ४० लाख र प्रशासनिक तथा व्यवस्थापकीय खर्चका लागि रु १० लाख विनियोजन गरिएको छ।

अस्पताल व्यवस्थापन समितिको मिति २०८३ वैशाख २ गतेको बैठकले स्वास्थ्य मन्त्रालय र CTEVT सँगको सहकार्यमा कार्यक्रम सञ्चालन गर्ने निर्णय सर्वसम्मत पारित गरिसकेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार गण्डकी प्रदेशका अन्य जिल्लामा समेत स्वास्थ्य शिक्षा विस्तार गर्ने योजनाअनुसार बागलुङमा PCL Nursing र गोरखामा Health Assistant कार्यक्रम सुरु गर्न लागिएको हो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link