Skip to content
Pokharapress Logo
१६ बैशाख २०८३, बुधबार

नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ सिआइबीको हिरासतमा

loading views..
Nepal Telcome

काठमाडौं । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठलाई पक्राउ गरेको छ।
काठमाडौँ महानगरपालिका–३१ मिनभवन बस्ने ४६ वर्षीय श्रेष्ठलाई मंगलबार कागेश्वरी मनोहरा नगरपालिका–५ बाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार श्रेष्ठलाई बीमा ऐन, २०७९ विपरीत कार्य गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको हो। उक्त ऐनको दफा १४०(१)(छ) अनुसार इजाजतपत्र नलिई बीमा व्यवसाय सञ्चालन गर्नु कसुर मानिन्छ।

यसअघि नेपाल बीमा प्राधिकरण ले सो कसुर भएको निष्कर्षसहित अनुसन्धानका लागि सिआइबीमा प्रतिवेदन पठाएको थियो।यस प्रकरणमा प्रहरीले यसअघि सुलभ अग्रवाल, शेखर गोल्छा तथा रिषिराज मोर लाई समेत अनुसन्धानका लागि पक्राउ गरिसकेको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link