Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

पार्टी फुटाउन ओलीले एमाले दर्ता गराएको प्रमाण मसॅंग छ : बरिष्ठ नेता नेपाल

loading views..
Nepal Telcome

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीका गतिबिधिका पार्टी फूटपरस्त रहेको बताएका छन्। उनले पार्टी फुटाउने योजना अनुसार नै ओलीले निर्वाचन आयोगमा नेकपा एमाले दर्ता गराएको दाबी गरे ।

आइतबार हिमालय टेलिभिजनमा अन्तर्वार्ता दिँदै पूर्व प्रधानमन्त्रीसमेत रहेका बरिष्ठ नेता नेपालले ओलीकै अगुवाइमा एमाले नामको पार्टी दर्ता भएको प्रमाण आफूसंग भएको बताए। केपी ओलीनिकट कुन व्याक्ति निर्वाचन आयोगमा दल दर्ता गर्न पुगेको थियो प्रमाणसहित दिन तयार रहेको उनको भनाइ थियो।

नेता नेपालले नेकपालाई एकतावद्ध बनाउनेतर्फ आफ्नो सम्पूर्ण ध्यान गैरहेको बताउँदै कुनैपनि हालतमा पार्टी नफुट्ने तर केही व्याक्ति छोडेर जानसक्ने बताए। केपी ओली समूहतर्फ संकेत गर्दै उनले भने, ‘पार्टी फुट्दैन। हामी फुट्न दिंदैनौ। केही मान्छे छोडेर जान सक्छन्, त्यसले पार्टीलाई केही फरक पार्दैन।’

अन्तर्वार्ताका क्रममा बरिष्ठ नेता नेपालले केपी शर्मा ओलीनिकटको समूह चोरहरुको समूह भएको आरोप पनि लगाए। उनले भने, ‘‘माथिदेखि तलसम्म गैरकम्युनिस्ट आचरण पढाइएको छ। त्यो समूह चोरहरुको समूह हो। त्यहाँ सिद्धान्तको कुनै छलफल हुँदैन, नैतिकताको कुनै कुरा हुँदैन। माथिदेखि तलसम्म तिनीहरुले लेखेका कुराहरु हेर्नुस्, त्यहाँ कुनै नैतिकता, बौद्धिकता देखिँदैन। हामी साधुहरुको समूह हौं। न्याय र अन्यायको तुलना हुन्छ ? चोर र साधुहरुको तुलना हुँदैन। यो सिद्धान्त र सिद्धान्तहिनताको बहस हो। यसरी हेर्नुपर्छ। दुवैको तुलना हुँदैन।’’

नेपालले आफूहरुको लडाइँ पदको नभएको पनि प्रष्ट पारे । ‘‘हामी समाजवादको पक्षमा छौं, समाजवादप्रति इमान्दार भएर काम गर्न चाहन्छौं। यो लडाइँ पदको लडाइँ होइन, सिद्धान्तको लडाइँ हो’’ उनले भने, ‘‘ओलीजीले त्याग गरेर त्यो बाटो खुला गर्नुपर्छ, अन्यथा पार्टी विधानअनुसार अघि बढ्छ।’’

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link