Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

प्रधानमन्त्री ओलीको रणनीति : माधव नेपाललाई एक्ल्याउने

loading views..
Nepal Telcome

पोखरा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता रहेका माधवकुमार नेपाललाई जसरी पनि एक्लो बनाउनेनीति लिएका छन्। पार्टीभित्र आफू शक्तिशाली बन्दै गएपछि ओलीले नेपालसहित चार नेतालाई कारबाही गर्ने उनीसँग निकटरहेका अन्य नेतालाई आफ्नो पक्षमा आउन बाध्य पार्ने नीति लिएका छन्।  

नेपाल पक्षले समानान्तर कमिटी बनाउन थालेपछि ओली पक्षले पनि भटाभट कारबाही गर्ने वा नेपाल समूहका नेतालाई एक्लाएक्लैभेटेर त्यस्ता कमिटीमा नबस्न आग्रह गर्ने, नमाने तर्साउने नीति लिएको छ।हामीले नेपाल पक्षमा रहेका केही साथीलाई सो समूहकोभेलामा नजानुस्, जाँदा कारबाही हुन्छ, पार्टीको अनुशासन उल्लंघन हुन्छ, अनुशासनको कारबाही हुन्छ भनेर सम्झाएका छौं’, ओलीनिकट एक नेताले भने।

उनले नेपाल समूहका सांसद केन्द्रीय सदस्यसँग बेग्लाबेग्लै कुराकानी भइरहेको बताउँदै केही समयपछि नेपालमात्रै एक्लै हुनेगरीनेताकार्यकर्ता ओली पक्षमा आउने दाबी गरे। शनिबार मात्रै ओलीले अब केही दिनमा नेपाल पक्षका धेरै नेता आफ्नो टिममा आउनेदाबी गरेका थिए। केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले नेपालसँगै केही नेताको समेत राजनीतिक भविष्य अन्योलमा पर्ने दाबी गरेकाथिए।  

बालुवाटारका केन्द्रीय कमिटीको बैठक बसिरहेका बेला नेपाल पक्षका नेताहरू सोमप्रसाद पाण्डे, यज्ञराज सुनुवार जीवनराम श्रेष्ठज्ञापनपत्र बुझाउन जाँदा ओलीले व्यक्तिगत कुराकानी भए गरौं, गुटको कुरा हो भने मानिँदैन भनेर फर्काएका थिए। त्यही बैठकमाचितवनका सांसद कृष्णभक्त पोखरेल नेपालको साथ छाडेर ओली समूहमा लागेका थिए। त्यसअघि लालबाबु पण्डित, शेरबहादुरतामाङ पनि ओली पक्षमा लागेका थिए। उनीहरूले नेपाल पक्षको साथ छोडेर हिँडेपछि अन्य सांसद पनि धर्मराएको ओली पक्षकोदाबी छ। नागरिक दैनिकमा खबर

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link