Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

महन्थ ठाकुरको नेतृत्वमा कम्फरटेबल सरकार बनाउन प्रचण्डको तयारी

loading views..
Nepal Telcome

पोखरा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रचण्डले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलाईसरकारको नेतृत्व लिन आग्रह गरेका छन्  अध्यक्ष प्रचण्डले भने, ‘तपाइँ किन ओलीकहाँ धाइरहनुभएको ? धाउनुपर्दैन मिलेरसरकार बनाऔँ

शनिबार राजधानीमा आयोजित बृहत नागरिक आन्दोलनको  कार्यक्रममा नागरिकको प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले महन्थठाकुरले सरकारको नेतृत्व गर्ने भए साथ सहयोग गर्ने बताए उनले भने, ‘हामी मिलेर अघि बढेको खण्डमा हप्ता दस दिनमा हाम्रोसरकार बन्छ, सरकारको नेतृत्व तपाइँले गर्दा पनि हुन्छ, यसमा हाम्रो साथ रहन्छ तपाइँ नेतृत्व लिएर सबै माग पूरा गर्नुस्

प्रचण्डले विगतका कुरा सम्झँदै मैले संसदमा दुई पटक संविधान संशोधनको प्रस्ताव लगेको हो तर प्रधानमन्त्री ओलीले त्यो पास हुननदिएको आरोप लगाए अध्यक्ष प्रचण्डले भने, ‘संविधान संशोधन नै गर्न नमान्ने ओलीसँग किन गइरहनुभएको , मैले बुझ्न सकेकोछैन अध्यक्ष प्रचण्डले ओली नै संविधान संशोधनको बाधक भएको बताउँदै भने, ‘तपाइँहका माग पूरा गर्न तपाइँ आफैँ नेतृत्व लिएरअगाडि बढ्नूस् ’   

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link