लम्जुङको दुधपोखरी गाउँपालिका विचौरको बागेश्वरी माध्यमिक विद्यालयका शिक्षकहरुको टोली सवार ना ५ च ३२९८ नम्बरको बलेरो जीप बारपाक घुमेर फर्किदै गर्दा राङरुङमा भन्ने ठाउँमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी शेखर खनालका अनुसार जीपमा ९ जना यात्रु सवार थिए । उनीहरू मध्ये २ जनाको अवस्था गम्भिर छ भने ३ जनाको स्थानीय बालुवा स्वास्थ्य केन्द्रमा उपचार गरिएको हाल उनीहरूको स्वास्थ्य अबस्था सामान्य रहेको उनले बताए ।
शिक्षकहरु सवार जीप राङरुङको भीरबाट करिब ६० मिटर तलको दरौँदी नदीमा खस्दा दूधपोखरी गाउँपालिका २ बिचौरका ५५ बर्षका रामेश्वर न्यौपाने, ४५ बर्षका ठाकुर दवाडी गम्भीर घाइते भएका छन् ।
उनीहरुको अबस्था चिन्ताजनक रहेको र चिकित्सकले प्रमाणित नगरी यसै भन्न नसक्ने प्रहरीले जनाएको छ । त्यस्तै ३० बर्षका विष्णु दवाडी, २८ बर्षका अनील मरहठ्ठा, १८ बर्षका अमृत दवाडी, २६ बर्षका विष्णु न्यौपाने, २९ बर्षका अमृत दवाडी, तनहूँको व्यास नगरपालिका १ दमौलीका ३६ बर्षका सुशील नराल घाइते भएका छन् ।#गोरखा सन्देशबाट