Skip to content
Pokharapress Logo
१९ फाल्गुन २०८२, मंगलवार

अस्पतालमा भर्ना भएका कोरोना संक्रमितको धमाधम मृत्यु

loading views..

पोखरा।कोरोना संक्रमणको दोस्रो लहरसँगै नेपालका बिरामीलाई उपलब्ध गराइएको औषधोपचार पद्धतिले काम नगरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल अस्पताल पुगेका बिरामीलाई पहिलो लहरमा प्रयोग गरिएका औषधि तथा उपचार पद्धतिहरू रेमडिसिभिर, प्लाज्मा थेरापी, अक्सिजन थेरापी कुनै पनि उपायले निको पार्न नसक्ने स्थिति सिर्जना भएको स्वास्थ्य आपत्कालीन केन्द्रका संयोजक तथा मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।

अस्पतालमा भर्ना भएपछि बिरामीलाई उपचारले निको नभइ धमाधम मृत्यु भइरहेको स्थितिले केन्द्र तथा मन्त्रालयलाई चिन्तित बनाएको उनले बताए ।

उनले भने, ‘अस्पताल भर्ना भएर के गर्नु ? कुनै औषधोपचार नै छैन, गम्भीर लक्षण देखिएकाहरुलाई बचाउनै मुस्किल छ ।’

अहिले पनि गम्भीर लक्षण देखिएर आईसीयू र भेन्टिलेटरमा पुगेकाहरूलाई सामान्य अवस्थामा फर्काउने कुरा असामान्य बनिसकेको उनले बताए । आजको नागरिक दैनिकमा समाचार छ ।

 

 

loading views..

arrow प्रतिक्रिया दिनुहोस्