Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

खड्ग ओलीलाई धक्कै धक्का!

loading views..
Nepal Telcome

पोखरा। सर्वोच्च अदालतले कर्णाली प्रदेशमा फ्लोर क्रस गरेपछि नेकपा एमालेको कारबाहीमा परेका प्रदेशसभा सदस्यलाई पुनर्बाहली गर्दै अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रदेश सदस्यहरू अमरबहादुर थापा, प्रकाश ज्वाला, कुर्मराज शाही र नन्दबहादुर बुढालाई कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको हो।

सर्वोच्चले नेकपा एमाले दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको २०७८ वैशाख १० मा बसेको दोस्रो बैठकको निर्णय भनी उल्लेख गरेको बेहोरालाई मान्यता नदिएको हो। योसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीले बनाएको एमाले दसौं महाधिवेशन आयोजक समितिले कानुनी मान्यता नपाएको अवस्था देखिएको छ।

महाधिवेशन आयोजक समितिले मान्यता पाएन

एमालेले कारबाही गरेर हटाएका कर्णाली प्रदेशसभाका चार सदस्यको पद थामियो

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गत वैशाख ३ मा कर्णाली प्रदेशसभामा विश्वासको मत लिने क्रममा एमालेका चारजना सांसदले ‘फ्लोर क्रस’ गरेका थिए। पार्टीको ह्विप उल्लंघन गरेको भन्दै एमालेले गत वैशाख १४ मा उनीहरूलाई कारबाहीको निर्णय गरेको थियो। कारबाहीपछि पदमुक्त भएका उनीहरूले त्यसविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए।  नागरिक दैनिकमा खबर छापिएको छ।

 

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link