Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

मनकामना केवलकार चार दिनको लागि बन्द।

loading views..
Nepal Telcome

पोखरा। मनकामना केबुलकार चार दिन बन्द हुने भएको छ। कम्पनीले स्तरोन्नतिका लागि आइतबारदेखि चार दिनका लागि केबुलकार सेवा बन्द गर्ने जनाएको हो।

केबुलकारको सेवा आउँदो पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहनेछ। मर्मतसम्भार सकिएपछि पुस ८ गते बिहीबारबाट केबुलकार सेवा नियमित सुरुवात गर्ने कम्पनीले जनाएको छ।

उक्त अवधिभर केबलकार बटम स्टेशन र रेष्टुरेण्ट सेवा भने यथावत् रहनेछ। कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागिएको हो।

कम्पनीका अनुसार लामो समयदेखि जडान गरिएको प्रविधि र उपकरणमा प्रयोग भएका स्पेयर पार्ट्सहरू पाउनै मुस्किल हुँदै गएपछि यसलाई स्तरोन्नति गर्न लागिएको हो। केबलकारको लठ्ठा, ग्रिप लगायतका उपकरणहरू पनि स्तरोन्नति गर्ने जनाइएको छ।

चालु आर्थिक वर्षबाटै केबलकारलाई नयाँ प्रविधिमा लैजाने योजना रहेको छ। केबलकारको भवन, टावर, गोन्डोला, बुलह्वीललगायत उपकरण भने साबिककै रहनेछ। यो सबै स्तरोन्नति सम्पन्न भएसँगै मनकामना केबलकार मुलुककै पहिलो डिजिटल कनेक्ट सिस्टमसहितको हुने कम्पनीले जनाएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link