Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

मौलिक पर्वहरु नेपाली समाजको एकताको प्रतिकका रुपमा उभिएका छन्– प्रचण्ड

loading views..
Nepal Telcome

पोखरा। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज परेको माघे संक्रान्तिको विशेष शुभकामना दिएका छन् ।  उनले विज्ञप्तिमा लेखेका छन् । –थारु समुदायको माघी तथा मगर र अन्य समुदायको माघे संक्रान्ति (मकर संक्रान्ति) पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धिका साथै सुस्वास्थ्य र दीर्घायूको कामना गर्दछु ।’ उनले नेपाल भौगोलिक एवं सांस्कृतिक विविधताले भरिएको मुलुक हो । हाम्रो आफ्नो मौलिक परम्परा र संस्कृति अनुरुप एउटै पर्वलाई पनि भिन्नभिन्न भूगोल र समुदायमा मनाउने प्रचलन रहेको छ । यसलाई नेपाली समाजमा सांस्कृतिक सहिष्णुताको राम्रो उदाहरणका रुपमा लिन सकिने बताएका छन् ।  यी चाडपर्वहरुले नयाँ उमङ्ग र उत्साहका साथ एकआपसमा एकता र भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका पनि छन् । नेपाली समाज, राष्ट्रिय एकता र अखण्डताको जग बलियो बनाउन पनि यस्ता सांस्कृतिक पर्वहरुलाई आधार स्तम्भका रुपमा लिन सकिन्छ । विभिन्न समुदायका आफ्ना मौलिक पर्वहरु एकातिर नेपाली समाजको एकताको प्रतिकका रुपमा उभिएका छन् भने अर्कोतिर सामाजिक सौहार्दता र सामुदायिक भावनाको विकास गराउने कारक तत्व पनि हुन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link