Skip to content
Pokharapress Logo
१३ कार्तिक २०८३, शुक्रबार

मोडेर्नाले बनाएको कोभिड बिरुद्धको खोप सबै भन्दा प्रभाकारी

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा। कोरोना भाइरस विरुद्धको खोप निर्माण प्रयास गर्दै आएको एक अमेरिकी कम्पनीले आफुले बनाएको भ्याक्सिनले करिब ९५ प्रतिशत काम गर्ने दाबी गरेको छ ।

अमेरिकी औषधी उत्पादक कम्पनी मोडेर्नाले आफुहरुले बनाएको भ्याक्सिनले सोचेको भन्दा राम्रो नतिजा निस्केको दाबी गरेको छ । यद्यपी कम्पनीले औषधीको अन्तिम नतिजा आउन अझै केही महीना लाग्ने बताएको छ ।

कम्पनीले वसन्त ऋतुभन्दा पछि मात्रै यो भ्याक्सिन सार्वजनिक हुनसक्ने जनाएको छ ।

यसअघि अर्को औषधी उत्पादक कम्पनी फाइजरले आफूले उत्पादन गरेको भ्याक्सिनले ९० प्रतिशत प्रभावकारीता देखाएको दावी गरेको थियो । त्यसैगरि रसियन भ्याक्सिन कम्पनीले बनाएको भ्याक्सिनले ९२ प्रतिशत काम गरेको सार्वजनिक गरिएको थियो ।

मोडेर्नाको दाबी अनुसार कोरोना भ्याक्सिनमा उच्चतम सफलता प्राप्त गर्ने यो दोस्रो कम्पनी हो ।यसअघि फाइजरले बीयोनटेक सँग मिलेर ९० प्रतिशत प्रभावकारीता भएको भ्याक्सिन बनेको बताएको थियो ।

विश्वभर महामारीको रूप लिएको कोरोना भाइरस संक्रमणको भ्याक्सिन अन्य करिव १ सय वटा कम्पनीले पनि काम गरिरहेका छन् ।

त्यसमध्ये एक दर्जन बढी कम्पनीका उत्पादनहरू तेस्रो चरणमा किल्निकल ट्रायलमा रहेका छन् ।चौथो चरणमा ट्रायल पास भएपछि मात्र स्विकृत हुने हालसम्मका कुनैपनि भ्याक्सिनले काम गर्ने पुष्टि विश्वस्वास्थ्य संगठनले गरिसकेको छैन ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link