Skip to content
Pokharapress Logo
१३ असार २०८३, शनिबार

तनहुँमा राजाबादीको प्रदर्शन

loading views..
Nepal Telcome

तनहुँ।राजसंस्थाको माग गर्दै तनहुँको दमौलीमा मोटरसाइकल र्‍याली गरिएको छ । राजसंस्था र हिन्दू राज्यका पक्षमा देशैभर भैरहेका प्रदर्शन अन्तरगत तनहुँका युवाले पनि मोटरसाइकल र्‍याली निकालेका हुन् ।

राजसंस्था तथा हिन्दू राज्यका पक्षधर युवाहरुको एक समूह राष्ट्रवादी अभियान तनहुँले दमौली स्थित अनशन चौताराबाट शुरु गरेको र्‍यालीमा सयौंको संख्यामा युवाहरुको सहभागिता थियो ।

तनहुँको दमौली, दुलेगौंडा, डुम्रे, थर्पु लगायतका बजार क्षेत्रबाट आएका युवाले नेपालको झण्डा बोकी राजसंस्थाको पुनःबहाली, हिन्दु राज्यका पक्षमा नारा लगाएका थिए । अधिकांश युवाको सहभागिता रहेको उक्त र्‍यालीमा संघीयताको खारेजीको पनि माग गरेका थिए ।

ऱ्यालीको नेतृत्व गरेका स्थानीय उज्वल भट्टराइले जिल्लाभरबाट सोचेभन्दा बढि युवाहरुको सहभागीता रहेको दाबी गरेका छन् ।

आयोजकले करिब दुइ सयको हाराहारिमा मोटरसाइकल र्‍यालीमा सहभागि हुने अनुमान गरेपनि केही गुण बढि युवाहरुको सहभागिता रहेको आयोजकहरुले बताएका छन् ।अहिलेको राजनैतिक अवस्थाप्रति असन्तुष्टिका रुपमा युवाको सहभागीता उल्लेख्य भएको कार्यक्रम आयोजकका अगुवा विनोद घर्तीले बताएका छन् ।दमौली स्थित अनशन चौतारीबाट शुरु र्‍याली बजारका विभिन्न भाग, भादगाउँ, हाइस्कूलटार हुँदै दमौलीमा आएर टुंगिएको थियो ।स्वतःस्फूर्त रुपमा झण्डै एक हजारको संख्यामा युवाहरुको सहभागी हुनुले राजसंस्थाका पक्षमा माहोल बनेको आयोजकको दाबी छ ।भञ्ज्याङ न्युजबाट

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link