विराटनगर । मिक्लाजुङ गाउँपालिका– १ बर्खेका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको चरम यातनापछि हत्या भएको मानवअधिकारकर्मीको टोलीले निष्कर्ष निकालेको छ ।
२३ मङ्सिरमा शिक्षक श्रेष्ठको अपहरणपछि हत्या भएको थियो । २९ मङ्सिरमा मानवअधिकारको टोलीले अनुगमन गरेको थियो । अनुगमनका क्रममा अपहरणपछि चरम यातना दिएर हत्या गरेको निष्कर्ष निकालिएको हो ।
बिहीबार पत्रकार सम्मेलन गरी अनुगमन टोलीले विप्लव समूहको विज्ञप्ति पनि झुटो भएको दाबी गरेको छ । विप्लव समूहले प्रतिकारका क्रममा हत्या गरेको विज्ञप्ति जारी गरेको थियो । तर घरबाट हात बाँधेर अपहरण गरी लगेका कारण प्रतिकार गर्नसक्ने अवस्था नदेखिएको अनुगमन टोलीका सदस्य मानवअधिकार तथा वातावरण मञ्च फरेनका अध्यक्ष यज्ञप्रसाद शर्माले बताए । शर्माका अनुसार ६ जना व्यक्तिले हात बाँधेर लगेका शिक्षक श्रेष्ठले प्रतिकार गर्न सक्ने अवस्था थिएन् ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.