Skip to content
Pokharapress Logo
३१ जेष्ठ २०८३, आईतवार

२१औं टेनिस ग्रान्डस्लाम जित्दै नाडालले रचे इतिहास

loading views..
Nepal Telcome

एजेन्सी।  स्पेनका राफेल नाडालले अष्ट्रेलियन ओपनको उपाधि जित्दै इतिहास रचेका छन् । उनी पुरुष टेनिसतर्फ सर्वाधिक २१औं ग्रान्डस्लाम जित्ने खेलाडी बनेका छन् ।

नाडालले रुसका दोस्रो वरियताका डानिल मेडभेडेभलाई २-६, ६-७, ६-४, ६-४ र ७-५ मा स्तब्ध पारे । पहिलो दुई सेट हारेर तेस्रो सेट पनि हारको नजिक पुगेका नाडाल खेलमा फर्किए ।

पाचौं तथा निर्णायक सेट रोचक बन्यो । नाडाल जितको नजिक पुगिसकेका थिए । तर, मेडभेडेभ खेलमा फर्किए । बाजी भने नाडालले मारे ।

५ घन्टा २४ मिनेट चलेको प्रतिष्पर्धा निकै रोचक र स्मरणीय रह्यो । खेल विश्लेषकहरुले टेनिस इतिहासकै रोचकमध्येको प्रतिष्पर्धाका रुपमा लिए ।-Photo Source: Australian Open

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link