Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

एमसिसी टेबल गर्नबाट किन पछि हट्यो सरकार ?

loading views..
Nepal Telcome

पोखरा। प्रतिनिधिसभाको बुधबारको बैठकमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) टेबुल गर्ने तयारीबाट सरकार पछि हटेको छ।

एमसिसी अघि बढाए गठबन्धन नै संकटमा पर्न सक्ने अवस्था आएपछि सरकार पछि हटेको हो। बुधबार संसद् बैठक बस्नुभन्दा एकघन्टाअघि मात्र माओवादी केन्द्रले एमसिसी टेबुल भए सरकार नै छाड्ने तयारी गरेपछि त्यसबारे एकपटक पुनर्विचार गर्ने भन्दैएमसिसी टेबुल गर्ने प्रक्रियालाई सरकारले रोकेको हो।

प्रतिनिधिसभाको बुधबार दिउँसो बजेका लागि बोलाइएको बैठक बस्नुअघि माओवादी केन्द्रको संसदीय दलको बैठक बसेकोथियो। बैठकअघि एमसिसी टेबुल गर्न सहमति दिने संकेत गरेको माओवादी केन्द्रले पछि भने त्यसमा राष्ट्रिय सहमति नभए विपक्षमा उभिने निर्णय गरेको थियो।

माओवादी केन्द्र संसदीय दलको बुधबार बसेको बैठकले एमसिसी संसदमा टेबुल भए सरकारमा नबस्ने निर्णय गरेको थियो। सो निर्णयपछि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत प्रभावित हुन पुगेको थियो।

स्रोतका अनुसार संसदमा प्रतिपक्ष एमालेले एमसिसीमा स्पष्ट धारणा नदिई च्याँखे थाप्ने काम गरेको आफ्नो पार्टीभित्र एमसिसीमा तीव्र असन्तुष्टि देखिएका कारण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमसिसीको पक्षमा उभिन नसकेका हुन्।

संसद बाहिर आफ्नै जनवर्गीय संगठनहरू एमसिसीलाई राष्ट्रघाती  भन्दै नाराजुलुसमा लागेको, त्यसले गर्दा झडपको स्थिति बनेको, संसदीय दलमा पनि एमसिसीको पक्षमा कुनै सांसद नउभिएको एमसिसीकै कारण माओवादी केन्द्र विभाजन उन्मुख हुन थालेको निष्कर्ष निकाल्दै माओवादी केन्द्र राष्ट्रिय सहमतिबिना एमसिसीको पक्षमा जान नसक्ने अवस्थामा पुगेको स्रोतले बताएको छ।आजको नागरिक दैनिकमा खबर छापिएको छ  

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link