Skip to content
Pokharapress Logo
१३ कार्तिक २०८३, शुक्रबार

‘कोसी प्रदेश’ को पक्षमा माधव नेपाल

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा। पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश १ को नाम कोसी राख्नुपर्ने धारणा व्यक्त गरेका छन् । प्रदेश १ को नाम जातीय पहिचानको दृष्टिकोणले भन्दा पनि सबैको सर्वस्वीकार्य हुने र सबैलाई मान्य हुने भएकाले कोसी नै उत्तम रहेको उनको भनाइ छ ।

धरानमा शुक्रबार समाजवादी प्रेस सङ्गठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले सबै जात जातिको पहिचान र भूमिका, भाषा र संस्कृतिलाई सबैले सम्मान गर्नुपर्ने तर देशलाई जातीय द्वन्द्वमा लैजान दिन नहुने  भन्दै प्रदेश १ को नाम कोसी नाम नै सही भएको तर्क गरे ।पूर्वप्रधानमन्त्री नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश १ को नाम कोसी राख्न सुझाव दिएकोमा आफ्नो पनि समर्थन रहेको बताए । गोरखापत्रमा खबर छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link