Skip to content
Pokharapress Logo
१६ श्रावण २०८३, शनिबार

रुसी जनरल मारिएको युक्रेनी दाबी

loading views..
Nepal Telcome

पोखरा। युक्रेनी अधिकारीहरूले युद्ध सुरु भएयता चौथो रुसी जनरल मारिएको दाबी गरेका छन्।

किएभको आन्तरिक मामिला मन्त्रालयका सल्लाहकार एन्टोन जेरास्चेन्कोले मारिओपोल क्षेत्रमा भएको भीषण भिडन्तमा रुसी मेजर जनरल अलेक मित्याभको मृत्यु भएको टेलिग्राममा जानकारी गराएका छन्।

जेरास्चेन्कोले मारिएका जनरलको भनिएको तस्बिरसमेत पोस्ट गरेका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि रुसी जनरल मारिएको बताए पनि नाम उल्लेख गरेका थिएनन्।

रुसी जनरल मारिनुमा मस्कोले उच्च सैनिक कमान्डरहरूलाई अग्रपङ्क्तिबाट युद्ध लड्न दबाव दिएको हुनसक्ने सङ्केत मिलेको युक्रेनी अधिकारीहरूले आकलन गरेका छन्।

रुसले युक्रेन आक्रमणमा २० जना जनरलहरूको नेतृत्वमा सेना खटाएको बताइएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link