पोखरा। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट तीन समूहमा विभाजित कम्युनिस्ट पार्टीलाई एक ठाउँमा ल्याउने प्रयास सुरु भएको छ । नेपालका कम्युनिस्ट पार्टी विभाजित हुँदा गैर कम्युनिस्टहरू हावी भएकाले कम्युनिस्ट पार्टीहरू एक हुनुको विकल्प नभएको निष्कर्ष नेताहरूको छ । नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकीकरण भएर नेकपा गठन भएको थियो । तर, नेकपा विघटन भई एमाले र माओवादी केन्द्र पुनस्र्थापित भयो । एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) गठन भएको छ । एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच वाम गठबन्धन वा पार्टी एकीकरण गर्ने विषयमा तीनै पार्टीका नेताबीच छलफल सुरु भएको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा एमाले र एकीकृत समाजवादीले राम्रो नजिता नल्याएको निष्कर्ष निकालिसकेका छन् । माओवादी केन्द्रले गत स्थानीय तहको निर्वाचनभन्दा पछिल्लो निर्वाचनमा पालिका बढी विजयी भए पनि लोकप्रिय मत घटेको छ । कम्युनिस्टहरू विभाजित हुँदा गैर कम्युनिस्टहरू हावी भएको निष्कर्षसहित तीनै पार्टीबीच पुनः वाम गठबन्धन वा पार्टी एकता हुनुपर्ने विषयमा नेताहरू छलफल थालेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच भेटघाट भएको छ । अध्यक्ष ओलीलाई भेट्न माओवादी केन्द्रका नेता श्रेष्ठ आइतबार बालकोट पुगेका थिए । सो भेट’ पुष्टि गर्दै नेता श्रेष्ठले पछिल्लो राजनीतिक विषयमा छलफल भएको बताए । आइतबार एमाले अध्यक्ष ओलीलाई भेटेका माओवादी केन्द्रका नेता श्रेष्ठले सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अनुमति लिएर श्रेष्ठले भेटघाट गरेको स्रोतको दाबी छ । ‘पछिल्लो राजनीतिक अवस्था’छलफल भएको छ । नेपालको राजनीतिसहित भूराजनीति’दयगत समेत छलफल भएको छ,’ माओवादी केन्द्रका वरिष्ठ नेता श्रेष्ठले राजधानीसँग भने, ‘कम्युनिस्ट पार्टीबीच गठबन्धन वा एकता’ पनि सामान्य छलफल भएको छ ।’ एमसीसी सम्झौता संसदबाट पारित भएपछि पछिल्लो समय नेपालमा बढेको अमेरिकी प्रभाव’ समेत नेताहरू चिन्तित छन् । नेपालका कम्युनिस्टहरू विभाजित हुँदा गैर कम्युनिस्टहरूको प्रभाव बढेकोमा उनीहरू कमजोरी सच्याउँदै आपसी असमझदारी हटाएर अगाडि बढ्नुपर्ने निष्कर्षमा पुगेका छन् । तर, ठोस प्रगति भने केही भएको छैन । एमाले अध्यक्ष ओली र माओवादी नेता श्रेष्ठबीच भेटघाट अघि जेठको दोस्रो साता श्रेष्ठ र ओलीनिकट एमाले नेता गोकुल बाँस्कोटाका बीचमा भेटघाट भएको थियो । श्रेष्ठ र बाँस्कोटाबीच चुनावी समीक्षासहित वाम गठबन्धन’ छलफल भएको थियो । सत्तारूढ पाँच दलीय गठबन्धनका कारण स्थानीय निर्वाचनमा पराजय बेहोरेको एमालेले सो गठबन्धन भत्काउन खोजेको छ । एमालेले भित्रभित्र कम्युनिस्ट पार्टीबीच चुनावी गठबन्धन बनाउन खोजेको छ । त्यसका लागि एमालेले चरणबद्ध छलफल थालेको हो । एमाले स्रोतका अनुसार २८ जेठमा एमाले सचिव प्रदीप ज्ञवाली र माओवादी केन्द्रका नेता वर्षमान पुनबीच करिब २ घण्टा छलफल भएको थियो । सो भेटमा समेत यही विषयमा छलफल भएको थियो । ज्ञवालीले समान्य छलफल र भेटघाट मात्रै भएको बताए । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा एमाले दोस्रो पार्टी बनेको छ । तर, २०७४ को स्थानीय निर्वाचनमा एमाले पहिलो पार्टी बनेको थियो । आजको राजधानी दैनिकमा खबर छ ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.