गोरखा। गोरखा नगरपालिका वडा न ७ का किसानहरु घण्टौ लाईनमा बसेर पनि रित्तो हात फर्किएका छन् । सोमबार श्री जनमुखी उपभोक्तासहकारी संस्था लिमिटेड नयाँ बजार ७ गोरखामा ४० बोरा युरिया मल र ४० बोरा डिएपी मल भित्रिएको थियो । किसानहरु मलआएको खबर पाएपछि बिहानै देखि मल लिनको लाईन बसेका थिए । सबै लाइनमा बसेर मल नपाएका किसानहरुको एउटै स्वरभने लाइन बसेर पनि मल पाउन सकिएन।केन्द्रमा करिब आधादर्जन कृषि मन्त्री फेरिए।किसानको मल खरिद गर्न पाउने नैसर्गिकअधिकारलाई कमिशनको चक्करमा बञ्चित गरे।बिगतका बर्षहरुमा पनि मल नपाएर किसानको चर्को समस्यामा परेका थिए।बिगत एक बर्ष देखि गोरखामा मल आपूर्ति नभएको हुनाले किसानहरुको बीचमा मलको माग उच्च भएको हुनाले यो हाहाकारदिखिएको हो जनमुखी उपभोक्ता सहकारीका सचिब किशोर रेग्मीले बताएका छन् । पहिला आएर लाईनमा बसेका किसानलाई५/५ किलोको दरले ४०० वटा कुपनलाई मल बितरण गरिएको छ । साल्ट ट्रेडिङ्ग लिमिटेट नारायणघाटबाट मल आउने करिबभएको हुनाले अब गोरखामा सबै किसानले मल पाउने जानकारी गराए ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.