Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

महँगो र विलासिताको वस्तुको आयात नगर्न प्रधानमन्त्रीको अनुरोध।

loading views..
Nepal Telcome

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगीहरुलाई नाफा मात्रै नहेर्न आग्रह गरेका छन् । आइतबार नेपाल उद्योग परिसंघको १९औं वार्षिकोत्सवको अवसरमा बोल्दै देउवाले उद्योगीहरुलाई नाफा नहेरी मुलुक बचाउनतर्फ लाग्न आग्रह गरेका हुन् ।

‘देशले धान्नै नसक्ने आयात भयो, नाफा मात्रै नहेरेर मुलुक बचाउनतर्फ लाग्नुस्,’ कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै उनले भने ।समग्र आर्थिक विकासका लागि परिसंघले महत्वपूर्ण काम गर्दै आएको बताउँदै प्रधानमन्त्री देउवाले मेकइन स्वदेशी अभियान लगायतका कार्यक्रमले रोजगारी सिर्जनाका लागि महत्त्वपूर्ण काम गरेको उल्लेख गरे । साथै, जीडिपी र रोजगारी सिर्जना निजी क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको समेत उनले बताए ।

‘कोरोनाले अर्थतन्त्रमा चापेको छ, मुलुकले धान्नै नसक्ने व्यापार घाटा र विदेशी मुद्रा सञ्चितिको चाप छ, अब यसको सुधारका लाग सरकार र निजि क्षेत्रबीच समन्वय आवश्यक छ,’ उनले बताए ।

साथै, उनले महंगो वस्तु आयात नगरी स्वदेशी वस्तु प्रगोग र उत्पादन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

‘महँगो वस्तु आयात गर्नु हुँदैन, स्वदेशी वस्तु प्रयोग र उत्पादन गर्नु पर्ने आवश्यकता रहेको छ, विदेशी कच्चा पदार्थमा आधारित उद्योगको विकास, विदेशी मुद्रा आर्जन गर्ने व्यवसाय गर्नु पर्ने, रेमिट्यान्स आप्रवाहलाई औपचारिक माध्यमबाट ल्याउनु पर्ने र पेट्रोलियम पदार्थको प्रयोग कम गर्नु पर्ने देखिन्छ,’ उनले बताए ।

त्यस्तै, बजेटलाई सघाउने माौद्रिक नीति आएको र यसको कार्यान्वयनमा ध्यान दिनुपर्ने उनको भनाई छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link